नियम ३८
निरीक्षण अधिकृतको आदेशको पालना गर्नुपर्ने
(१) यस नियमावली बमोजिम निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासीको सिलसिलामा सम्बन्धित व्यक्तिलाई कुनै आदेश दिएकोमा सम्बन्धित व्यक्तिले निरीक्षण अधिकृतले दिएको आदेश पालना गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण अधिकृतले दिएको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो आदेश पाएको तीस दिनभित्र मन्त्रालय समक्ष उजुरी दिन सक्नेछ र त्यस्तो उजुरीको सम्बन्धमा मन्त्रालयले गरेको निर्णय अन्तिम हुनेछ ।